चिनियाँ जनकंग्रेसका अध्यक्ष ली काठमाडौंमा

चिनियाँ जनकंग्रेसका अध्यक्ष ली काठमाडौंमा


ग्लोब नेपाल
162
Shares

काठमाडौं । चीनका सभामुख तथा राष्ट्रिय जनकङ्ग्रेस स्थायी समिति अध्यक्ष ली चाङ्सु नेपाल आएका छन् ।

उनी सोमबार दिउँसो ३ बजे काठमाडौं आइपुगेका हुन् । उनलाई स्वागत गर्न सभामुख अग्निप्रसाद सापकोटालगायतको टोली विमानस्थलमा पुगेको थियो । सभामुख सापकोटाको निमन्त्रणमा ली नेपालको औपचारिक भ्रमणमा आएका हुन् । ली विमानस्थलबाट सिधै होटल सोल्टी जानेछ।

त्यसपछि लीले नेपाली समकक्षी अग्नि सापकोटासँग अपरान्ह पौने ५ बजे संसद भवनमा भेटवार्ता गर्नेछन्। सोमबार बेलुकी साढे ७ बजे उनको सम्मानमा सभामुख सापकोटाले सोल्टी होटलमा रात्रिभोज आयोजना गरेका छन्।

लीले राष्ट्रपति विद्यादेवी भण्डारीसँग बुधबार र प्रधानमन्त्री शेरबहादुर देउवासँग बिहीबार शिष्टाचार भेट गर्ने छन् । बिहीबार नै लीले राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र परराष्ट्रमन्त्री डा। नारायण खड्कासँग भेटवार्ता गर्नेछन् ।

लीले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग पनि भेटवार्ता गर्ने छन् । भ्रमण सकेर उनी ३० गते स्वदेश फर्कने छन् ।