दोलखा । नेपाली कांग्रेस दोलखाका प्रभावशाली नेता तथा प्रदेश सभा ‘क’ का कोषाध्यक्ष हस्तलाल योञ्जन लामा प्रदेश सभा अन्तर्गत वागमती प्रदेश सभाको उम्मेदवारमा सिफारिसमा परेका छन् ।
लामा वागमती प्रदेशको समानुपातिक तर्फबाट उम्मेदवारमा सिफारिसमा परेका हुन् । विद्यार्थी राजनीतिबाट नेपाली कांग्रेसको राजनीतिमा प्रवेश गरेका लामा स्थानीय तहमा लोकप्रिय नेताको रुपमा चिनिन्छन् ।
पार्टीको तल्लो तहबाट नै राम्रो काम गर्दै आएका कुशल नेता लामाको नाम सिफारिसमा परेपछि उनी निकट कार्यकर्ताहरुमा हौसला बढेको दोलखाली कांग्रेसजनको भनाई छ । द्वन्द्वकालमा माओवादीले कांग्रेस कार्यकर्ता भएवापत नै उनलाई गाउँबाट लखटेका थिए ।
त्यतिखेरको तत्कालिन समयमा गाउँमा बस्ने वातावरण नभएपछि काठमाडौं आएर व्यवसायसंगसंगै पार्टी राजनीतिलाई पनि उनले निरन्तरता दिए । जिल्लाको कार्यकर्तालाई समस्या परेका बेला सहयोग गर्न उनी अघि सरिहाल्छन् ।
आदर्श पुरुष स्व. भिमबहादुर तामाङ र अर्का स्व. नेता देवीप्रसाद न्यौपानेसंग नजिक रहेर राजनीति थालेका लामा राजनीतिक पृष्ठभूमी भएको परिवारका सदस्य हुन्
तत्कालिन समय वि.स २००४ सालमा नेपाली राष्ट्रिय कांग्रेसले राणा शासन विरुद्ध आन्दोलन छेडिरहेको बेला लामाको बुवा दावा लामा (मिक्सु) जनमुक्ति सेनामा आवद्ध भएर पार्टी राजनीतिमा सक्रिय भएका थिए । मिक्सुसंगै तत्कालिन दोलखाका नेताहरु भिमबहादुर तामाङ, कृष्णगोपाल उप्रेतीहरुले दोलखाको राजनीति सम्हालेका थिए ।
तत्कालिन पञ्चे सरकार विरुद्धमा आन्दोलन गरेबापत लामाको बुवा मिक्सु पटक–पटक नजरबन्दमा परेका थिए । बुवाको प्रेरणाबाट पार्टी राजनीतिमा लागेका लामा परिवारले अहिलेसम्म कुनै पनि लाभको पद लिएको छैन । आफुले कांग्रेस पार्टीलाई गरेको योगदानको आधारमा समानुपातिक तर्फबाट सिफारिसमा परेका लामा यसपाली सांसद बन्नेमा ढुक्क जस्तै छन् ।


प्रतिक्रिया