विश्व बैंकको करिब ३५ अर्ब ऋण स्वीकार, यी हुन् मन्त्रिपरिषद्का १५ निर्णय

विश्व बैंकको करिब ३५ अर्ब ऋण स्वीकार, यी हुन् मन्त्रिपरिषद्का १५ निर्णय


ग्लोब नेपाल
135
Shares

काठमाडौं । सरकारले विश्व बैंकबाट यातायात तथा व्यापार आबद्धता अभिवृद्धि कार्यक्रमका लागि प्राप्त हुने ३५ अर्ब रुपैयाँ सहुलियतपूर्ण ऋण सहायता स्वीकार गर्ने निर्णय गरेको छ ।

मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न मंगलबार आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले यातायात तथा व्यापार आबद्धता अभिवृद्धि कार्यक्रमका लागि विश्व बैंकबाट प्राप्त हुने २ सय ७५ मिलियन अमेरिकी डलर अर्थात करिब ३५ अर्ब रूपैयाँ सहुलियतपूर्ण ऋण सहायता स्वीकार गर्ने निर्णय भएको जानकारी दिए ।

यस्तै मधेस प्रदेशमा चिडियाखाना स्थापना गर्न स्वीकृति दिने निर्णय पनि गरेको उनले बताए । मन्त्रिपरिषद्को यही भदौ २७ गते बसेको बैठकबाट योसहित विभिन्न १५ निर्णय गरिएको छ। यसैगरी बैठकबाट प्रहरी वरिष्ठ उपरीक्षक निरञ्जन विष्टलाई राष्ट्रिय सतर्कता केन्द्रको प्रहरी कर्मचारीतर्फ प्रहरी नायब महानिरीक्षक पदमा बढुवा नियुक्ति गर्ने निर्णय गरिएको छ ।

त्यस्तै महिला संरक्षण तथा उत्थान प्रणाली सुदृढिकरण परियोजनाका लागि एशियाली विकास बैंकबाट प्राप्त हुने १२ मिलियन अमेरिकी डलर अनुदान सहायता स्वीकार गर्न वार्ता टोली गठन गर्ने निर्णय भएको छ ।

हेर्नुहाेस् निर्णयहरु