काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का सांसद उमाशंकर अरगरिया एमाले प्रवेश गर्ने भएका छन् ।
धनुषा-२ बाट चुनाव जितेका अरगरियालाई एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रवेश गराउने भएका छन् । नेता अरगरिया एमालेमा प्रवेश गर्ने कुराको टुङ्गो लागिसकेको उनी निकट एक नेताले बताए ।
उनका अनुसार नेता अरगरियालाई पार्टीमा प्रवेश गराउन एमाले अध्यक्ष ओली असोज ८ गते धनुषा आउने तय भएको छ ।


प्रतिक्रिया