काठमाडौँ । नेपाली कांग्रेसको संसदीय समितिको बैठक बस्दै छ। बैठक आज बिहान ९ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्न लागेको हो। आजको बैठकमा समानुपातिक तर्फका उम्मेदवारहरुको बन्द सूची तय गर्ने बताइएको छ। उम्मेदवारहरुको बन्द सूची तय गर्न आठ सह-महामन्त्रीलाई जिम्मेवारी दिएको छ। सहमहामन्त्रीहरुले तयार गरेको सूचीमा थप छलफल गरी उम्मेदवार टुंगो लगाइने बताइएको छ।
माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै
समानुपातिक तर्फको उम्मेदवार टुंग्याउन नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दैछ। पार्टी कार्यलय पेरिसडाँडामा बैठक बस्ने भएको हो। स्थानीय पार्टी कमिटी हुदै जिल्ला र प्रदेशबाट सिफारिस भएर आएका नामावलीबाट अन्तिम नामावली टुंगाउने तयारी रहेको अध्यक्ष प्रचण्डको सचिवालयले जनाएको छ। सातवटै प्रदेश कमिटीले नाम सिफारिस गरी पठाएको छ।


प्रतिक्रिया