काठमाडौं । प्रमुख सत्तारुढ दल नेपाली काँग्रेसको संसदीय समितिको बैठक बस्दै छ । समानुपातिक उम्मेदवारको सूचीलाई अन्तिम रूप दिन बैठक बस्न लागेको हो । सूची टुङ्ग्याउनकै लागि हिजो बसेको बैठक निष्कर्षविहीन बनेपछि आज फेरि बसेको हो । प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बसेकाे छ ।
पार्टी प्रवक्ता प्रकाशसरण महतका अनुसार आइतबारको बैठकले सिलिङको काम गरेको छ । आज बिहान साढे ८ बजे बसेकाे बैठकले समानुपातिक उम्मेदवारको सूचि टुङ्गो लगाउने उनको भनाइ छ ।
अन्तिम सूचीलाई आजै कार्यसम्पादन समितिको बैठकबाट पारित गरेर निर्वाचन आयोगमा बुझाउने तयारी रहेको पनि उनले बताए ।


प्रतिक्रिया