शिक्षकलाई पुर्नताजकी तालिम

शिक्षकलाई पुर्नताजकी तालिम


ग्लोब नेपाल
1.2k
Shares

जुम्ला । जिल्लाको सिञ्जा गाउँपालिकाको शिक्षा तथा खेलकुद शाखाले पालिकाभित्रका आधारभूत तहका अङ्ग्रेजी विषयका शिक्षकलाई पाँच दिने पेसागत क्षमता विकाससम्बन्धी पुर्नताजकी तालिम दिइएको छ ।

असोज १ गतेदेखि ५ गतेसम्म सञ्चालन भएको तालिमसमापनका अवसरमा गाउँपालिकाका अध्यक्ष पूर्णप्रसाद धितालले गाउँपालिकाभित्रका सबै सामुदायिक विद्यालयमा अङ्ग्रेजी शिक्षालाई थप गुणस्तरीय बनाउन यस तालिमको महत्वपूर्ण भूमिका रहने र अब सबै विद्यालयमा अङ्ग्रेजी माध्यमबाट पढाइ हुने बताए ।

प्रशिक्षक मणिराम शर्माले तालिममा सिकाएका कुरालाई शिक्षा मास्टर योजना प्रालिमा समावेश गरे शिक्षामा केही सुधार हुने बताए । तालिमा सहभागी प्रशिक्षार्थी शिक्षकहरु शिवनन्द शर्मा, तीर्थप्रसाद अधिकारी र भगवती रावलले तालिमका विविध विषयमा चर्चा गरेका थिए ।

गाउँपालिकाले पहिलोपटक काठमाडौँबाट प्रशिक्षक ल्याएर दिएको सो तालिममा पालिकाभित्रका २२ वटा आधारभूत विद्यालयकाअङ्ग्रेजी विषयका शिक्षक थिए ।