काठमाडौं । दसैँको नवमीदेखि पूर्णिमासम्म पानी पर्ने सम्भावना रहेकाले बाढीपहिरोको जोखिम बढ्ने देखिएको छ । आज र भोलि दिउँसो घाम लागे पनि पर्सि नवमीदेखि भने देशभर पानी पर्ने प्रणाली भित्रन लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार केही ठाउँमा निकै ठूलो वर्षा हुने सम्भावना छ । अहिले बङ्गालको खाडीमा विकसित भइरहेको न्यून चापीय क्षेत्र उत्तर पश्चिमतर्फ सर्दै गरेकाले यो प्रणालीको असर नवमीदेखि पर्ने अनुमान गरिएको छ ।
यसको प्रभावले नवमीदेखि पूर्णिमासम्म नै देशका धेरै ठाउँमा हल्कादेखि मध्य वर्षा हुँदा गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै ठाउँमा निकै ठूलो पानी पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ । योसँगै नेपालबाट आज मनसुन बाहिरिनुपर्ने भएपनि ढिला हुने भएको छ । यो वर्षको मनसुन गत जेठ २८ गते भित्रिएको थियो ।
प्रतिक्रिया