काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले चितवन २ बाट चुनाव लड्ने भएका छन् । उनी उम्मेदवारी मनोनयन दर्ता गराउन चितवन पुगिसकेका छन् ।
यसअघि उनी काठमाडाैं ३ बाट उम्मेदवार बन्ने चर्चा थियाे । तर मनाेनयनकै दिन निर्णय गरेर रवि चितवनतिर लागेका हुन् । गत असारमा लामिछानेले सञ्चारकर्म छाेडेर राष्ट्रिय स्वतन्त्र पार्टी गठन गरेका थिए ।
प्रतिक्रिया