पोखरा । तनहुँ १ मा कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलसँग प्रतिष्पर्धामा उत्रिएका स्वतन्त्र उमेदवार गोविन्दराज जोशीले कैँची चुनाव चिह्न पाएका छन् । बुधबार निर्वाचन अधिकृतको कार्यालयले जोशीलाई कैँची चिह्न दिएको हो ।
कुनै समय कांग्रेसका प्रभावशाली नेता रहेका जोशी गत प्रतिनिधिसभा निर्वाचनमा रामचन्द्र पौडेलविरुद्ध बागी उठेपछि उनलाई पार्टीले निष्कासन गरेको थियो ।
जोशी बागी उठेपछि गत निर्वाचनमा पौडेल गठबन्धनका उमेदवार किसान श्रेष्ठसँग पराजित भएका थिए । यतिबेला पौडेल आफैँ गठबन्धनका उमेदवार छन् । उनीविरुद्ध जोशीसहित एमालेले एकबहादुर रानालाई अगाडि सारेको छ ।
प्रतिक्रिया