काठमाडौं । चितवन–३ मा कांग्रेसबाट प्रतिनिधि सभातर्फ बागी उम्मेदवारी दिएका दिनेश कोइरालाले माछा चुनाव चिह्न पाएका छन् ।
उनले चितवन ३ बाट बागी उम्मेदवारी फिर्ता नलिएपछि कांग्रेसले कारवाही गर्ने भएको हो । चितवन ३ बाट कोइरालाले पार्टी निर्णयविपरीत बागी उम्मेदवारी दिएका थिए । सत्ता गठबन्धनबीच चितवन ३ माओवादीको भागमा परेको थियो ।
आज दिउँसो १ बजेसम्म उम्मेदवारी फिर्ता लिनुपर्ने निर्वाचन कार्यतालिका थियो तर कोइरालाले उम्मेदवारी कायमै राख्दै नेकपा एमालेको समर्थनसमेत लिएका छन् । कांग्रेसले उम्मेदवारी फिर्ता नलिए पार्टीबाट स्वतह निष्काशन हुने बताइसकेको छ ।
एमालेले पार्टीको आधिकारिक उम्मेदवार रामप्रसाद न्यौपानेको उम्मेदवारी फिर्ता लिँदै कोइरालालाई समर्थन गरेको छ । उनको उम्मेदवारी अन्तिम समयमा पार्टीले नै पत्र पठाएर फिर्ता लिँदै कोइरालालाई समर्थन गरेको हो। चितवन-३ मा सत्ता गठबन्धनबाट माओवादी केन्द्रका डा. भोजराज अधिकारी उम्मेदवार छन् भने राप्रपाका बिक्रम पाण्डे चुनावी मैदानमा छन्।
प्रतिक्रिया