काठमाडौं । प्रतिनिधि सभा सदस्यकालागि २ हजार ५ सय ३१ जना र प्रदेश सभामा ३ हजार २ सय २४ उम्मेदवार कायम भएका छन् । प्रतिनिधि सभामा २ हजार १ सय ८७ पुरुष र २ सय २५ महिला उम्मेदवार छन् भने प्रदेशमा २ हजार ९ सय ४३ पुरुष २ सय ८० जना महिला तथा तेस्रो लिङ्गी १ जना छन् ।
मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालयले निर्वाचन चिह्नसमेत प्रदान गरेकाले आजदेखि उम्मेदवारले मौन अवधि सुरु नहुँदासम्म प्रचार गर्न पाउनेछन् । तर स्थानीय तहका कार्यपालिका सदस्य निर्वाचन आचारसंहिता विपरीत उम्मेदवारको पक्षमा प्रचार-प्रसारमा संलग्न भएकोप्रति निर्वाचन आयोगले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
आफू वहाल रहेको स्थानीय तहमा केही जनप्रतिनिधी उम्मेदवारको पक्षमा प्रचार-प्रसार कार्यमा संलग्न भएको उजुरी आएको र आयोगको अनुगमनमा समेत देखिएकाले ऐन बमोजिम निजलाई स्पष्टीकरण सोधी तत्काल कारबाही प्रक्रिया अघि बढाउन आयोगले जिल्ला आचारसंहिता अनुगमन समितिका अधिकृतलाई निर्देशन दिएको छ ।
प्रतिक्रिया