अरिंगालको टोकाइबाट आमा-छोरीको मृत्यु

अरिंगालको टोकाइबाट आमा-छोरीको मृत्यु


ग्लोब नेपाल
81
Shares

सल्यान । अरिंगालको टोकाइबाट सल्यानमा आमाछोरीको मृत्यु भएको छ । उपचारका क्रममा उनीहरुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

मृत्यु हुनेमा सिद्ध कुमाख गाउपालिका १ हाम्फाल निवासी २१ बर्षिया सोभा वुढाथोकी र उनकी ४ वर्षिया छोरी प्राप्ती वुढाथोकी रहेका छन् । सोमवार बेलुका धान काटेर घर फर्कने क्रममा अरिंगालले टोकेपछि उनिहहरुलाई उपचारका लागि श्रीनगरस्थित अस्पतालमा भर्ना गरिएको थियो ।

त्यहाँ सामान्य उपचारपछि कोहलपुर लैजादै गर्दा प्राप्तीको बाटोमै मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी प्रहरी निरीक्षक सन्तोष खनालले सोभालाई भने कोहलपुर मेडिकल कलेजमा डाक्टरले मृत घोषणा गरेको वताउनुभयो । यस्तै अरिंगालको टोकाइबाट गम्भिर भएका नविन वस्नेतको श्रीनगरमै उपचार भइरहको प्रहरीले जनाएको छ ।