मुल राजनीतिक नेतृत्वप्रति चरम वितृष्णा र असन्तुष्टि प्रकट भएको विषयमा ठूला राजनीतिक दलहरु गम्भीर देखिएनन् । दलभित्र र बाहिर पनि सस्तो लोकप्रियता कमाएका केही युवाहरु नेतृत्व तहमा नै निर्वाचित भएर पार्टीको नीति निर्माण र निर्णयात्मक हैसियतमा पुग्दा पनि खासै परिवर्तनको अनुभूति आम मानिसले गर्न सकेनन् । विश्राम गर्नुपर्ने वा आरामको जीवन बिताउनुस् भनेर बिदा (गर्नुपर्ने) दिनुपर्ने समयमा समेत तिनै व्यक्तिहरुको नेतृत्व निर्वाचनमा जानु परेको विडम्बना छ । नेतृत्व तहले सच्चाउन नसकेको र सच्चिन नचाहेको महसुस गरी जनस्तरबाटै विद्रोहको र असहयोगको अवस्था सामना गर्नुपरेको देखिन्छ ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आफ्नै पूर्वसहकर्मी, सहयोगी तथा प्रदेश सदस्य कर्णबहादुर मल्लसँग निर्वाचन लड्नुपर्ने अवस्थामा आइपुगेको देखिन्छ । पाँच पाँच पटक प्रधानमन्त्री, पार्टीको सभापति भएको व्यक्ति आफ्नै घर मिलाउन नसकी आफ्नै सहकर्मीसँग निर्वाचन लड्न तयार भएका छन् । यसले उनको लोकप्रियता र आवश्यकतामाथि गम्भीर प्रश्न खडा भएको छ । चौतर्फी विरोधका बाबजुद गठबन्धन बनाएर निर्वाचनमा जानुपर्ने बाध्यता नेतृत्व तहमा रहेको व्यक्तिहरुलाई आइलागेको छ । वरिष्ठ नेता रामचन्द्र पौडेल आफ्नै साथी गोविन्दराज जोशीबाट बढी खतरा महसुस गरिरहेका छन् । अब निर्वाचन नलड्नुस भन्दा आफ्नो ‘अन्तिम इच्छा’ जाहेर गर्दै सुरक्षित अवतरणका लागि गठबन्धन बनाइ अगाडि बढेका छन् । आफ्नै दलका साथीभन्दा अर्को दलको सदस्यको विश्वास बढ्दै गएको देखिन्छ ।
खास गरी कांग्रेसका उम्मेदवारलाई आफ्ना सदस्यहरुले सहयोग गर्छन् गर्दैनन् भन्ने द्विविधा र त्रास छ । तर नेकपा माओवादी र एकीकृत समाजवादीका कार्यकर्ता र सदस्यहरुले मतदान गर्छन् भन्ने विश्वास छ । माओवादी र समाजवादीलाई कांग्रेसको भोट पाउन अति विश्वासनीय र विनम्र हुन आवश्यक भएकाले उनीहरु त्यही अनुरुपको व्यवहार गरिरहेका छन् ।
नेकपा माओवादीका सुप्रिमो पुष्पकमल दाहालको स्थायी निर्वाचन क्षेत्र नै बन्न सकेन । हरेक क्षेत्रमा उनी खतरा महसुस गर्छन् । सुरक्षित क्षेत्र खोजी गर्दै गोरखाको डा. बाबुराम भट्टराईलगायत तीन पटक निर्वाचित भएको क्षेत्रमा गएका छन् । काठमाडौं ७ बाबुरामकी छोरीलाई दिलाएर दाहाल–भट्टराई गोरखामा माया पिरती गाँसिरहेका छन् । जनताको विश्वास नभएर पाँच पाँच दलीय गठबन्धन बनाएर निर्वाचन लडिरहेका छन् कांग्रेस, एमाले जस्ता दलहरु । स्वतन्त्र र बागी उम्मेदवारहरुले शीर्ष भनाउँदाहरुलाई हावाकावा खेलाएका छन् । काठमाडौंमा प्रकाशमा सिंहको हालत त्यस्तै छ । के हुने हो निश्चित छैन । महाधिवेशनमा उनले खेलेको भूमिका र महानगरपालिकामा उनकै श्रीमतिलाई प्रमुखमा उम्मेदवार बनाएको झोक फर्ने हुन् कि भन्ने चिन्ताले उनी ग्रस्त छन् ।
असन्तुष्टि देउवा र शेखरबीचको हो, त्यो मिलेपछि सम्पूर्ण कुरा हल भएर कांग्रेस पार्टी आफ्नो ऐतिहासिक दायित्व र भूमिका निर्वाहा गर्न योग्य भएको हो ? सिद्धान्त, विचार, मूल्य र मान्यता अनि इमान्दारिताको राजनीतिमा फर्किएको हो– कोइरालाज्यू ?
बीपी पुत्र शसांक कोइराला आफू प्रधानमन्त्रीको रुपमा प्रस्तुत भएको झुटको सहारा लिएर नवलपुरतिर पिकनिक गरिरहेका छन् । यस्तो झुटको खेती युवादेखि वृद्धासम्म गरिरहेका छन् । जनताले किन तपाईंलाई भोट भन्ने प्रश्न गरेकैले होला आफ्नो उम्मेदवारी प्रधानमन्त्रीको लागि हो भन्ने तर्क पेश गर्दैछन् । तर प्रधानमन्त्री किन र केका लागि ? त्यसपछि देश र जनतालाई के प्राप्त हुन्छ ? त्यो चाहिँ व्यक्त गर्न सकिरहेका छैनन् । यी सबै हर्कतहरु आफू कतै पराजित भइन्छ कि भन्ने डरले व्यक्त भएको विचार हो । कांग्रेस सभापति देउवा र माओवादी अध्यक्ष दाहालभन्दा अर्को व्यक्ति प्रधानमन्त्री हुने अवस्था छैन भन्ने कुरा घोषणा गर्नेहरुलाई बढी जानकारी छ । पूर्व प्रधानमन्त्री खनाल, नेपाल, ओली कसैको पनि आकर्षण छैन । उनीहरुले कुनै काम गर्छन् भन्ने विश्वास छैन । तर पनि गठबन्धन बनाएर आफूलाई सुरक्षित गर्ने प्रयास भइनै रहेको छ ।
त्यत्ति मात्र होइन, आजकल कांग्रेस सभापतिका प्रत्यासी शेखर कोइरालासमेत शेरबहादुर देउवा र मेरो बीचमा रहेको तुष समाप्त भएको छ । हाम्रो बीचमा राम्रो कुराकानी भइ मैले भने बमोजिम देउवा चल्नु भएको छ । यो अवस्थामा तपाईंहरु किन र कसका लागि झगडा गर्नुभएको छ ? भन्ने प्रश्न गर्न थालेका छन् । कांग्रेस कार्यकर्ताले देउवा–शेखर मेल भएपछि बोल्नै नहुने ? समस्या उनीहरुको बीचमा भएकोले कार्यकर्ताले असन्तुष्टि, असहमति र विमति राखेका छन् ? किन खासमा पार्टी सञ्चालनको विधि प्रक्रिया र निर्णयमा छ ? अन्यथा शेखर कोइरालालाई आएको हो कि तमाम नेता, कार्यकर्ता, आम जनता र देशको पक्षमा गम्भीर निर्णय लिनुपर्ने आवश्यकतासँग सम्बन्धित छ । शेखर कोइरालाको स्वार्थ मिलेपछि बाँकी नेता कार्यकर्ताले चित्त बुझाएर चुप बस्नुपर्ने हो ? के भन्न खोजेको, कस्तो प्रणालीको विकास गर्न खोजेको हो ? केही बुझ्न सकिएन कांग्रेस पार्टीभित्रको समस्या र असन्तुष्टि देउवा र शेखरबीचको हो, त्यो मिलेपछि सम्पूर्ण कुरा हल भएर कांग्रेस पार्टी आफ्नो ऐतिहासिक दायित्व र भूमिका निर्वाहा गर्न योग्य भएको हो ? सिद्धान्त, विचार, मूल्य र मान्यता अनि इमान्दारिताको राजनीतिमा फर्किएको हो– कोइरालाज्यू ?
जुन जुन दलहरु वा नेतृत्व जसरी निर्वाीचत भएर आए पनि जनताको विश्वास तपाईंहरुले गुमाउनु भएको छ । जालझेल, तिकडम, खर्च गठबन्धन गरेर निर्वाचित हुनु होला, केही स्वार्थी र अवसरवादीहरुको लागि नेता पनि हुनु होला । तर आम मानिसले स्वीकार गरेको अर्थमा नबुझ्नु होला । विश्वास आर्जन गर्न धेरै समय लाग्छ, तपाईंहरुले पार्टीमा लिएका मानिस र प्राथमिकतामा राखेको कार्यसूचिका बारेमा मानिसहरु जानकार छन् । देश लुट्ने प्रपञ्च मात्र भएको हो भन्ने आम धारणा सामाजिक सञ्जालमा व्यापक छ । देशलाई खोक्रो बनाएर आफू मोटाउने राजनीतिको प्रवद्र्धन मात्र भएको छ भन्ने छर्लङ्ग नै छ । लामो त्याग, तपस्या, बलिदान, जेलनेल प्रवाश समेत बसेका नेताहरुको त यो हालत छ भने चुन्द्रे, मुद्रे, डन र ठेकेदार भनाउँदाहरुको के होला ? सुरुदेखि नै विचौलिया, दलाल र तस्करहरुसँग साँठगाँठ गरेर लुट्न पल्केकाहरु नै विधायक भएर आएपछि दृश्य त क्रिष्टल क्लियर नै छ नि !?
प्रतिक्रिया