मनकामना दर्शन गर्न जाँदै गरेको बस दुर्घटना, पाँचको मृत्यु

मनकामना दर्शन गर्न जाँदै गरेको बस दुर्घटना, पाँचको मृत्यु


ग्लोब नेपाल
216
Shares

काठमाडौं । गोरखाको मनकामना दर्शन गर्न जाँदै गरेको बस नवलपुरमा दुर्घटना भएको छ ।

पाल्पाबाट मनकामनाका दर्शन गर्नका लागि तिर्थालु बोकेको ना ६ ख ७५८० नम्बरको बस नवलपरासी पूर्व नवलपुरमा दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । यस्तै दुर्घटनामा २५ जना घाइते भएका छन् ।

पाँच जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । आइतबार बिहान ४ बजे भएको दुर्घटनाका घाइतेहरूलाई उद्धार गरि चितवन ल्याउने तयारी भैरहेको छ । घटनाको थप विवरण आउन बाँकी छ ।