बैदेशिक रोजगारीमा जानेलाई आईपीओमा १० प्रतिशत कोटा छुट्याउनु पर्ने

बैदेशिक रोजगारीमा जानेलाई आईपीओमा १० प्रतिशत कोटा छुट्याउनु पर्ने


ग्लोब नेपाल
513
Shares

काठमाडौं । नेपाल धितोपत्र बोर्डले बैदेशिक रोजगारीमा जाने नेपालीलाई आईपीओमा कोटा छुट्याउने भएको छ । बोर्डले धितोपत्र निष्काशन तथा बाँडफाँट निर्देशिकालाई संशोधन गर्दै उक्त व्यवस्था गरेको हो ।

छुट्याएको शेयर निष्काशन गर्दा निष्काशन तथा बिक्री प्रबन्धकले सर्वसाधारणहरुको लागि निष्काशन गर्नु अगावै १५ दिनको अवधि तोकि आह्वानपत्र प्रकाशित गर्नुपर्ने निर्देशिकामा उल्लेख छ । संगठित संस्थाले सर्वसाधारणलाई निष्काशन गर्ने शेयरको १० प्रतिशत नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा बसी रोजगारी गरिरहेका नेपालीहरुलाई छुट्याउनु पर्ने व्यवस्था गरेको छ

कम्पनीले निष्काशन गरेको शेयरमा आवेदन दिदाँ अनुमति प्राप्त आश्वा बैंक तथा वित्तीय संस्थामा रहेको विप्रेषण (रेमिट्यान्स) खाताबाट मात्रै आवेदन दिनु पर्नेछ ।

उक्त निर्देशिका आज कात्तिक १७ गतेदेखि नै लागु हुने बोर्डले जनाएको छ । त्यस अनुसार अब आईपीओ निष्काशन गर्ने कम्पनीहरुले विदेशमा बसी रोजगार गरिरहेका नेपालीहरुलाई समेत कोटा छुट्याउनु पर्नेछ ।