गयक योगेश्वर अमात्यको जग्गाको नक्कली लालपुर्जाका आधारमा १९ करोड रुपैयाँ ऋण दिएको आरोपमा कुमारी बैंकका २ कर्मचारीसहित ४ जना पक्राउ परेका छन् । बारामा रहेको गायक अमात्यको १२ बिगाहा जग्गाको नक्कली लालपुर्जा पेश गरेर कुमारी बैंकको बारा शाखाबाट १९ करोड ऋण दिने ऋण अधिकृत सोनु ठाकुरसहित ४ जनालाई पक्राउ गरिएको छ ।
अमात्यको जग्गाको नक्कली लालपुर्जा बनाएर काठमाडौंका एसके महर्जन र मुक्तिलाल गौतमले कुमारी बैंकको बारा शाखाबाट १९ करोड ऋण लिएका थिए । उनीहरूले पेश गरेको नक्कली लालपुर्जाकैा आधारमा कुमारी बैंक बारा शाखाका ऋण अधिकृत ठाकुर र राजेश चौरासियाले १९ करोड ऋण स्वीकृत गरेर दिएका थिए । गायक योगेश्वर अमात्यको उजुरीका आधारमा केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले उनीहरूलाई पक्राउ गरेको सीआईबीका प्रमुख डीआईजी धीरजप्रताप सिंहले जानकारी दिए ।
प्रतिक्रिया