रसुवा । रसुवा जिल्ला प्रदेश सभा सदस्य क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका प्रभात तामाङ विजयी भएका छन् ।
तामाङ आठ हजार १८६ मतसहित जित हासिल गर्दा उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका कुलप्रसाद भट्टले चार हजार ७७२ मत ल्याएका छन् ।
प्रभात तामाङ २०७४ सालको प्रदेश सभा सदस्य निर्वाचनमा निर्वाचित भएका थिए ।
प्रतिक्रिया