रुकुम पूर्वबाट माओवादीका पूर्णबहादुर घर्तीमगर निर्वाचित

रुकुम पूर्वबाट माओवादीका पूर्णबहादुर घर्तीमगर निर्वाचित


ग्लोब नेपाल
81
Shares

रुकुमपूर्व । रुकुम पूर्वबाट नेकपा माओवादी केन्द्रका पूर्णबहादुर घर्तीमगर प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका छन् ।

घर्तीमगर ७ हजार ५१ मतान्तरले विजयी भएका हुन् । उनले १२२६२ मत ल्याएका छन् । प्रतिस्पर्धी नेकपा एमालेका कैलाशकुमार मल्ल ५ हजार २ सय ११ मा रोकिए ।

स्वतन्त्र उम्मेदवार चन्द्रराज झाँक्रीले ८९६ मत प्राप्त गरेका थिए । प्रतिनिधि सभामा विजयी घर्ती लुम्बिनी प्रदेश सभाको पूर्वसभामुख हुन् ।