दाङका तीन वटै निर्वाचन क्षेत्रमा एमाले पराजित

दाङका तीन वटै निर्वाचन क्षेत्रमा एमाले पराजित


ग्लोब नेपाल
162
Shares

दाङ । दाङमा प्रतिनिधिसभा अन्तर्गत तीन वटै निर्वाचन क्षेत्रमा एमाले पराजित भएको छ । २०७४ सालको निर्वाचनमा बामकिल्लाका रुपमा चिनिएको एमाले यसपटक भने जितविहीन भएको हो । एमाले महासचिव शंकर पोखरेलको गृहजिल्ला दाङमा एमालेले प्रतिनिधिसभा र प्रदेशसभातर्फ सबै सिट गुमाएको हो ।

प्रतिनिधिसभाततर्फ निर्वाचन क्षेत्र नं. १ मा एमाले उम्मेदवार शान्ता चौधरी पराजित भएकी हुन् । उनी नेकपा एकीकृत समाजवादीका उम्मेदवार मेटमणी चौधरीसँग पराजित भइन् भने एमाले महासचिव शंकर पोखरेल पनि हारबाट जोगिन सकेनन् ।

उनी नेकपा माओवादी केन्द्रकी उम्मेदवार रेखा शर्मासँग पराजित भए । दाङ क्षेत्र नं. २ मा एमाले महासचिव पोखरेललाई बलियो उम्मेदवारका रुपमा लिइएको थियो तर अन्तिम नतिजा भने उनको पक्षमा हुन सकेन ।

त्यस्तै दाङ क्षेत्र नं. ३ बाट एमाले उम्मेदवार कोमल वली पनि पराजित भएकी छन् । उनी नेपाली कांग्रेसका उम्मेदवार दीपक गिरीसँग पराजित भएकी हुन् । एमालेले ६ वटै प्रदेशसभा पनि गुमाएको छ ।