लोकतन्त्रलाई प्रक्रियामात्र होइन व्यवहार बनाऔँ : सन्तोष परियार

लोकतन्त्रलाई प्रक्रियामात्र होइन व्यवहार बनाऔँ : सन्तोष परियार


ग्लोब नेपाल
108
Shares

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद सन्तोष परियारले लोकतन्त्रलाई प्रक्रियामात्र नभएर व्यवहार पनि बनाउनुपर्ने वेला आएको बताएका छन् । प्रतिनिधिसभाको जारी बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूलाई विश्वासको मत दिन राखेको प्रस्तावमाथि धारणा राख्दै उनले लोकतन्त्रलाई हालसम्म प्रक्रियामात्र बनाएको भन्दै अब व्यवहार पनि बनाउनुपर्ने जोड दिए । 

उनले आफूहरू संसद र राजनीतिमा नयाँ पार्टीमात्र नभएर विचार र सिद्धान्त पनि बोकेर आएको बताए । उनले भने, शासन प्रणालीमा देखिएका खास जटिलता चिर्न सक्ने गरी हामी आएका हौं ।हामी सरकारमा जाने की नजाने भनेर मतान्तर भएको थियो । तर,जनताले हामीलाई सरकारमा गएरै समाज सुधार गर्न मत दिएको ठहरसहित सरकारमा गयौं । 

देशका जनशक्तिलाई विदेशमा मजदुरीको रुपमा नभएर भ्रमणका लागि पर्यटक बनेर जान सक्ने बनाउनुपर्नेमा जोड दिएका उनले समाजमा नकारात्मक कुरामात्र भएकाले अब सम्भावनाको खोजी गर्नुपर्ने बताए । 

प्रधानमन्त्री प्रचण्डले राखेको विश्वासको प्रस्तावलाई राष्ट्रिय स्वतन्त्र पार्टीले समर्थन गरेको सांसद परियारले जानकारी दिए ।