बागमतीका मुख्यमन्त्रीले पाए विश्वासको मत, विपक्षमा नेमकिपाको तीन मत मात्र

बागमतीका मुख्यमन्त्रीले पाए विश्वासको मत, विपक्षमा नेमकिपाको तीन मत मात्र


ग्लोब नेपाल
189
Shares

हेटौंडा । वाग्मती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले विश्वासको मत पाएका छन् । बागमती प्रदेशसभाका ११० सदस्य मध्ये १०५ ले जमकट्टेललाई विश्वासको मत दिए । विश्वासको मत पाउनका लागि जम्मा ५६ मत भए पुग्थ्यो ।

सभामुख भुवनकुमार पाठक र उपसभामुख अप्सरा चापागाईं विश्वासको मतमा सहभागी भएनन् । उनको विपक्षमा नेपाल मजदुर किसान पार्टीका ३ जनाले मात्रै मत दिए ।

जमकट्टेललाई नेपाली कांग्रेसको ३७, नेकपा एमालेको २७, नेकपा माओवादी केन्द्रको २१, राष्ट्रिय प्रजातन्त्र पार्टीको १३, नेकपा एकीकृत समाजवादीको ७ र हाम्रो नेपाली पार्टिको २ जनाले विश्वासको मत दिएका हुन् ।