दक्षिण कोरियामा भीषण आगलागी, ६० घर जलेर नष्ट

दक्षिण कोरियामा भीषण आगलागी, ६० घर जलेर नष्ट



दक्षिण कोरियाको राजधानी सउनस्थित एउटा गरीब बस्तीमा भीषण आगलागी हुँदा ६० घरहरू जलेर नष्ट भएका छन् ।

राजधानी सउलको गाङनाम जिल्लाको एउटा साँघुरो गल्लीमा आगलागी भएको हाे । आगलागी भएपछि ५ सय भन्दा बढी मानिसहरूलाई अन्यत्र सारिएको छ । मानवीय क्षति भए नभएको बारेमा भने निक्र्यौल भइसकेको छैन । एका बिहानै लागेको आगो निभाउन ८ सय बढी अग्नि नियन्त्रक, प्रहरी र स्थानीयहरु परिचालन गरिएको छ ।

घना बस्ती रहेको गल्लीमा आगो निभाउन निकै मुस्किल भएको अधिकारीहरुले बताएका छन् । प्लास्टिक र प्लाइउडबाट बनेको झुपडीबाट आगो सल्किएको हाे । बस्तीबाट सारिएकाहरुलाई स्थानीय विद्यालय, होटल र जीम सेन्टरहरुमा राखिएको छ ।