नेकपा माओवादी केन्द्रकी केन्द्रीय सदस्य मायाको निधन

नेकपा माओवादी केन्द्रकी केन्द्रीय सदस्य मायाको निधन


ग्लोब नेपाल
0
Shares

काठमाडौँ । नेकपा माओवादी केन्द्रकी केन्द्रीय सदस्य माया बलको निधन भएको छ। काठमाडौँ मेडिकल कलेज सिनामंगलमा उपचाररत बलको गए राति साढे ८ बजे निधन भएको माओवादी केन्द्रका महासचिव देव गुरुङले जानकारी दिए।

घाँटीको क्यान्सरबाट पीडित बलको काठमाडौं मेडिकल कलेज सिनामंगलमा उपचार भइरहेको थियो। उनी ०४९ सालमा भएको स्थानीय निकायको निर्वाचनमा नेकपा एमालेबाट जनप्रतिनिधिमा विजयी भएकी थिइन्। बल ०५२ सालदेखि माओवादीले सञ्चालन गरेको जनयुद्धमा लागेकी थिइन्। बलका पति, तीन छोरी र एउटा छोरा छन्।