विश्व इतिहासमा आज

विश्व इतिहासमा आज


ग्लोब नेपाल
108
Shares

काठमाडौं । आज जनवरी २२, २०२३। विश्व इतिहासमा सदा झैँ आज पनि सामाजिक तथा राजनीतिक घटनाक्रम विकसित भएका थिए। यस्ता छन् आज भएका केही घटनाक्रम :

सन् १७८८ मा बेलायतका प्रसिद्ध कवि लर्ड बाइरनको जन्म भएको थियो । उनको मृत्यु १८२४ को अप्रिलमा भएको थियो ।

सन् २००६मा यमारा आदिवासी समूहका सदस्य इभो मोरालेस बोलिभियाको राष्ट्रपति भएका थिए ।

सन् १९३२ मा सरकारी सेनाले उत्तरी स्पेनमा कम्युनिस्ट विद्रोहविरुद्ध चरम दमन गरेको थियो । 

सन् १९७० मा बोइङ ७४७ को  पहिलो निर्धारित उडान सुरु भएको थियो । प्यान एम जम्बो जेटले न्यूयोर्कबाट लन्डनका लागि उडेको थियो ।

सन् १९७३ मा अमेरिकी सर्वोच्च अदालतले गर्भपतनलाई मान्यता दिएको थियो ।