क्यालिफोर्नियामा गोली चल्दा १० जनाको मृत्यु

क्यालिफोर्नियामा गोली चल्दा १० जनाको मृत्यु


ग्लोब नेपाल
81
Shares

एजेन्सी । क्यालिफोर्नियाको एक कार्यक्रममा अन्धाधुन्ध गोली चल्दा १० जनाको मृत्यु भएको छ ।

चिनियाँ नयाँ वर्षको उपलक्ष्यमा आयोजित कार्यक्रममा भएको गोलीकाण्डमा १० जनाको मृत्यु भएको बताइएको छ । करिब १६ जनालाई गोली लागेको छ ।

मिडिया रिपोर्टका अनुसार यो घटना क्यालिफोर्नियाको मोन्टेरी पार्कमा भएको हो । शनिबार राति भएको घटनापछि सो क्षेत्रमा त्रासको वातावरण रहेको छ ।

जानकारी अनुसार गोलीबारी स्थानीय समय अनुसार राति १० बजे भएको थियो । यहाँ मोन्टेरी पार्कमा चिनियाँ नयाँ वर्ष मनाइँदै थियो । सो क्रममा एक व्यक्तिले अन्धाधुन्ध गोली चलाएका थिए ।