विदेशबाट साइबर आक्रमणको प्रयास : सरकारी वेबसाइटहरू डाउन

विदेशबाट साइबर आक्रमणको प्रयास : सरकारी वेबसाइटहरू डाउन


ग्लोब नेपाल
54
Shares

काठमाडौं । सर्भरमा समस्या आएकाले केही समयदेखि नेपाल सरकारमातहत रहेका सबै वेबसाइटहरू खुलेका छैनन् । सर्भरमा समस्या आएकाले १ घण्टादेखि सरकारी वेबसाइट बन्द भएको राष्ट्रिय सूचना तथा प्रविधि केन्द्रले जानकारी दिएकाे छ ।

बाहिरबाट साइबर आक्रमणको आशंकामा सबै वेबसाइट डाउन गरिएको बताइएकाे छ । अबको ५/१० मिनेटमा सबै समस्या समाधान हुने केन्द्रले जानकारी दिएकाे छ । मुख्य सर्भरको मेमोरी र सिपियुमा लग हेरेपछि मात्रै कहाँबाट आक्रमण भएको हो भन्ने थाहा हुनेछ । प्रायःजसो सरकारी वेबसाइट सरकारको एकीकृत डाटा सेन्टरबाट होस्टिङ हुँदै आएको छ ।

सर्भरमा समस्या हुँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सयौं यात्रुसमेत अलपत्र परेका छन् । गृह मन्त्रालयमातहतको अध्यागमनको सर्भरले काम नगर्दा आवागमन र प्रस्थानतर्फ भिसा र पासपोर्टको डिजिटल अध्ययन हुन नसेकेको विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुरले बताए ।