दाङ । राष्ट्रियसभा उपनिर्वाचन अन्तर्गत मतदान सकिएलगत्तै मतगणना सुरु भएको छ । केहीबेरअघि मतगणना सुरु भएको हो । अहिलेसम्म ८७ मत गणना भैसकेको छ । जसमा सूर्य ४३, रूख ३७ , ढकिया ४ र बदरमत ३ रहेको छ ।
घोराहीस्थित कर्मचारी मिलन केन्द्रमा १० बजेदेखि सुरु भएको मतदान दिउँसो तीन बजे सकिएको थियो । राष्ट्रियसभा सदस्यबाट रुपन्देहीका खिमलाल भट्टराईले राजीनामा दिएपछि सो स्थानमा आज उपनिर्वाचन भएको हो । निर्वाचनमा प्रदेशसभा सदस्य र स्थानीय तह प्रमुख र उपप्रमुखहरुले अहिले मतदान गरेका छन् ।
उपनिर्वाचनमा सत्तारूढ दल नेकपा एमाले, नागरिक उन्मुक्ति पार्टी र प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसबाट गरी तीन जना उम्मेदवारहरु चुनावी प्रतिष्पर्धामा छन ।
जसअनुसार सत्तारूढ एमालेकातर्फवाट कुमार दसौदी र नागरिक उन्मुक्ति पार्टीबाट राजेन्द्रवीर राय तथा प्रमुख प्रतिपक्षी कांग्रेसका माधवप्रसाद आचार्यको उम्मेदवारी छ ।


प्रतिक्रिया