सुदूरपश्चिम सरकारका विषयमा देउवा र नेपालबीच छलफल

सुदूरपश्चिम सरकारका विषयमा देउवा र नेपालबीच छलफल

एकीकृत समाजवादी सरकारमा सहभागी हुँने


ग्लोब नेपाल
2.7k
Shares

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ । देउवा निवास धुम्बारीहमा दुई नेताबीच भेटवार्ता भएको हो ।

सुदूरपश्चिम प्रदेश सरकारका विषयमा छलफल भएको देउवाका स्वकीय सचिव भानु देउवाले जानकारी दिए । राष्ट्रपति निर्वाचनसहित समसामयिक राजनीतिका विषयमा पनि छलफल भएको बताइएकाे छ ।

सुदूरपश्चिम प्रदेशमा एमालेबाट मुख्यमन्त्री बनेका राजेन्द्रसिंह रावलले विश्वासको मत नपाएपछि कांग्रेसका कमल शाह मुख्यमन्त्री नियुक्त भइसकेका छन् ।

एकीकृत समाजवादीका सुदूरपश्चिम प्रदेशसभा संसदीय दलका नेता दीर्घ सोडारीले सरकारमा सहभागी हुने बताए । पार्टीका तर्फबाट आज एकजना मन्त्रीले शपथ लिने उनले जानकारी दिए ।