अब रुम्जाटारबाटै ड्राइभिङ लाइसेन्स पाइने, अनलाइन फारम खुल्ला

अब रुम्जाटारबाटै ड्राइभिङ लाइसेन्स पाइने, अनलाइन फारम खुल्ला


ग्लोब नेपाल
675
Shares

काठमाडौं । ओखलढुंगा रुम्जाटारबाटै सवारी चालक अनुमतिपत्र बनाउन सकिने भएको छ । प्रदेश १ का पूर्वभौतिक पूर्वाधार विकास मन्त्री अम्बिरबाबु गुरुङको पहलमा २ वर्षअघि स्थापना भएको यातायात व्यवस्था कार्यालय ओखलढुंगाले अब सवारी चालक अनुमतिपत्र वितरण गर्ने तयारी गरेको हो ।

यातायात व्यवस्था विभाग रुम्जाटारबाट लाइसेन्स जारी गर्ने गरी अनलाइन फारम खुला गरेको छ । यसअघि यातायातसम्बन्धी सामान्य कामका लागि पनि प्रदेश नम्बर २ को लहान वा राजधानी काठमाडौं पुग्नुपर्ने बाध्यता थियो। ओखलढुंगामा यातायात कार्यालय सञ्चालन भएपछि ओखलढुंगा, सोलुखुम्बु, खोटाङ र उदयपुरको उत्तरी क्षेत्रका नागरिकको त्यो सबै बाध्यता हट्नेछ ।

अनलाइनबाट फर्म भरेर रुम्जाटारबाट ट्रायल दिन चाहनेका लागि सेवा दिन सबै तयारी पूरा गरेको यातायात कार्यालय रुम्जाटारका प्रमुख गोपाल दाहालले बताए । ओखलढुंगा र आसपासका जिल्लालाई कार्यक्षेत्र बनाएर यातायात सम्बन्धिका सबै काम गर्ने गरी स्थापना गरिएको कार्यालयको प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले २०७७ फाल्गुण १४ गते उद्घाटन गरेका थिए ।

ओखलढुंगाबाट सवारी लाइसेन्ससहित यातायातका सबै सेवा सुरु भएसँगै पूर्वमन्त्री गुरुङले आफ्नो सपना पूरा भएको प्रतिक्रिया दिए । जिल्लाका कार्यालय ल्याएर ट्रायल सेन्टर निर्माणसहितका आवश्यक व्यवस्थापन पुरा गरेर २ वर्षअघि नै सेवा सुरु गर्ने सपना अहिले आएर पूरा भएको उनको भनाइ थियो । ‘मैले यसक्षेत्रका युवाहरुको समस्या बुझेर मन्त्री हुँदा निकै मेहनत गरेर कार्यालय ल्याएँ । व्यवस्थापन सबै गरेँ तर म सरकारबाट हटेपछि यो कार्यालय नै चलाउन नदिनेसम्मका डिजाइन भयो, तर मैले पहल गरेर सेवा सुरु गर्ने वातावरण बनाएँ, आज मेरो सपना पुरा भयो ।’

ड्राइभिङ लाइसेन्स, सवारी दर्ता, नवीकरणलगायतका सबै काम ओखलढुंगाबाट हुने गरी कार्यालय स्थापना भएपछि यसक्षेत्रका सेवाग्राहीलाई सहज भएको ओलढुंगाबाट सञ्चालित भिजन समाचारले उल्लेख गरेको