रास्वपाको केन्द्रीय समिति विस्तार (सूचीसहित)

रास्वपाको केन्द्रीय समिति विस्तार (सूचीसहित)



काठमाडौं ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय समिति विस्तार गरेको छ । सोमबार बसेको रास्वपाको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले केन्द्रीय समिति सदस्य १६ जना थप गर्दै ४० सदस्यीय बनाएको हो ।

रास्वपाका सहमहामन्त्री कवीन्द्र बुर्लाकोटीले २४ सदस्यबाट बढाएर केन्द्रीय समिति ४० सदस्यीय बनाइएको जानकारी दिए ।

मनोनित हुनेमा निशा मेहता, विन्दवासिनी कंसाकार, रुपा शंकर, विजय जैरु, मेघ आले, मोहनबहादुर थापा, खुस्बुसरकार श्रेष्ठ, टिका संग्रौला ज्वाला, हरि भट्ट, ध्रुब गिरी, लिमा अधिकारी, रमेश प्रसाईं, अर्जुन अधिकारी, क्रान्ति शिखा धिताल, प्रतिभा रावल र गोमा क्षेत्री छन् ।