राष्ट्रिय स्वतन्त्र पार्टी तत्काल सरकारमा नजाने

राष्ट्रिय स्वतन्त्र पार्टी तत्काल सरकारमा नजाने



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले तत्काल सरकारमा नजाने निर्णय गरेको छ । सोमबार पार्टी केन्द्रीय कार्यालय बसुन्धारामा बसेको केन्द्रीय समिति र संसदीय दलको बैठकले पूर्व सहमतिअनुसार गृह मन्त्रालय पाएमा मात्र सरकारमा जाने निर्णय गरेको छ ।

बैठकपछि निर्णयहरु सुनाउँदै पार्टीका सहमहामन्त्री कवीन्द्र बुर्लाकोटीले तत्काल सरकारमा नजाने निर्णय भएको बताए । सत्तारुढ दलहरुले आफ्नो पार्टीसँग भएको सहमति तोडिसकेपछि आफू सरकारमा नबसेको स्पष्ट पारे ।

सत्तारुढ दलहरुले अझै सरकारमा आउन आग्रह गरे पनि पार्टीसँग भएको सहमति कार्यान्वयन नभइ आफूहरु सरकारमा नजाने रास्वपाले बताएकाे छ ।