फजुल खर्च कटौती गरेका हौं : अर्थमन्त्री

फजुल खर्च कटौती गरेका हौं : अर्थमन्त्री



काठमाडौं । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले बजेटको संशोधित अनुमानबाट फजुल खर्च कटौती गर्न खोजेको बताएका छन् । मंगलबार बजेटको संशोधित अनुमानबारे राष्ट्रियसभामा जानकारी गराउँदै उनले विकास निर्माणमा हुने खर्च भने कटौती नगरेको बताएका हुन् ।

‘अहिले सरकारले गर्न चाहेको चालु खर्चको कटौती हो, फजुल खर्च, नगरे पनि हुने खर्च कटौती गरेका हौं’ उनले भने, ‘राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनामा स्रोतको अभाव नहोस् भन्नेमा सरकारको ध्यान छ ।’

अर्थतन्त्रमा देखिएको चुनौतीका कारण अहिले सरकार दबावमा रहेले साधारण खर्च कटौती गरेर पुँजीगत खर्च बढाउने नीति लिएकाे मन्त्री पौडेलले बताए । गत पुस मशान्तसम्म मुलुकको सञ्चित कोष १ खर्ब ३९ अर्ब ऋणात्मक रहेको भन्दै अर्थमन्त्री पौडेलले अवस्था सुधार हुन समय लाग्ने बताए ।

बजेटलाई राजस्वमा नै केन्द्रित बनाउन चाहेको भन्दै अर्थमन्त्री पौडेलले तर त्यस्तो अवस्था अहिले नै सम्भव नभएको बताए । सरकारको जोड आन्तरिक उत्पादन वृद्धि, आयात प्रतिस्थापन र निर्यात प्रवद्र्धन गर्ने नै रहेको भत्न्दै अवस्थामा सुधार हुँदै गएमा भविष्यमा राजस्वले मात्र मुलकको बजेट निर्माणमा स्रोत पर्याप्त हुने उनले बताएका छन् ।