अनेरास्ववियुको अध्यक्षमा समिक बडाल विजयी

अनेरास्ववियुको अध्यक्षमा समिक बडाल विजयी

पराजित भएपछि लामिछानेले भने ‘तिम्रो निचतालाई धिक्कार'


ग्लोब नेपाल
864
Shares

काठमाडौँ । एमालेनिकट विद्यार्थी सङ्गठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)को केन्द्रीय अध्यक्षमा समिक बडाल विजयी भएका छन् । २३ औं राष्ट्रिय महाधिवेशन अन्तर्गत गए राति भएको निर्वाचनबाट निवर्तमान महासचिव बडाल अध्यक्षमा विजयी भएका हुन् ।

त्यस्तै, उपाध्यक्षमा गोविन्द गिरी, धर्म गिरी, नारायण घर्ती र मार्यादा विष्ट र महासचिवमा नरेश रोकाया तथा कोषाध्यक्षमा संगम अर्याल विजयी भएका छन् ।

पराजित भएपछि लामिछानेले भने ‘तिम्रो निचतालाई धिक्कार’
अखिल नेपाल राष्ट्रिय स्वतन्त्र युनियन (अनेरास्वियु)को महाधिवेसनमा अध्यक्षमा पराजित भए आरसी लामिछानेले ‘फेरी भेटौला’ भनेका छन ।

बिहिवार राती भएको मत परिणाम अनुसार लामिछाने अर्का प्रत्यासी समिर बडालसँग पराजित भएका थिए । बडालले ९६२ मत पाएर विजयी हुँदा आरसी लामिछानेले ३५६ मतमा सिमित भएका थिए ।

पराजित भएपछि सामाजिक सञ्जालमा लेखेका छन, ‘मर्यादा बिर्सनेहरुलाई प्यार, तिम्रो निचतालाई धिक्कार। हामी भेट्ने छौ।