काठमाडौं । नायिका सुरक्षा पन्त वैवाहिक जीवनमा बाँधिने भएकी छन् । उनले गायक तथा अभिनेता मानव सुबेदीसँगको झन्डै सात बर्ष लामो प्रेम सम्बन्धलाई विवाहमा परिणत गर्न लागेकी हुन् ।
यहि फागुन २५ गते चितवनमा वैवाहिक समारोह आयोजना हुने बताइएको छ । उक्त समारोहमा परिवार र नजिकका आफन्तलाइ मात्र डाकिने छ ।
सुरक्षा र मानवले आफ्नो प्रेमलाई सार्वजनिक रुपमा अतिरन्जित कहिल्यै गरेनन् । धेरैलाई यो सम्बन्धबारे थाहा भएतापनि उनीहरु गसिपको पात्र बनेनन् ।
प्रतिक्रिया