स्याङ्जा । स्याङ्जाको वालिङमा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । चापाकोटबाट मिर्दीतर्फ आउँदै गरेको ग १ त ६८८६ नं को ट्याक्टर गएराती वालिङ-६, आम्डालीमा दुर्घटना भएको हो ।
दुर्घटनामा घाईते भएका चालक चापाकोट-६, धुर्कोटका नविन सु्नारको गह्रौ ध्याङलिङ अस्पताल वालिङमा उपचारको क्रममा मृत्यु भएको छ । यस्तै वालिङ-८, का १२ वर्षीय सविन सुनारको गण्डकी अस्पताल पोखरामा मृत्यु भएको हो । सख्त घाईते सुनारलाई गह्रौ ध्याङलिङ अस्पताल वालिङमा सामान्य उपचार पछि थप उपचारको लागि पोखरा पठाइएको थियो ।
पछिल्लो ६ महिना यता जिल्लामा एक दर्जन भन्दा बढी सवारी साधन दुर्घटना भएको ट्राफिक कार्यालय वालिङका प्रमुख रेशम थापाले बताए । ती दुर्घटनामा ९ जनाले ज्यान गुमाएका छन् ।
मानवीय लापरवाहीको कारण यस्ता दुर्घटना बढीहुने गरेको थापाको भनाई छ । आर्थिक अभावको कारण उमेर नै नपुगेका बालबालीका यो पेशामा लाग्दा सवारी दुर्घटनाको जोखिम अझै बढेको छ ।
सस्तो कामदारको रुपमा पाएपछि निर्माण व्यवसायीले पनि उनीहरुलाई नै राज्ने गर्दछन् । बाल अधीकारको कुरा नारामा मात्र सीमित हुने तर नियमित अनुगमन नहुँदा ट्याक्टर, होटेल, दैनिक ज्याला मजदुरीमा बालबालिकाको प्रयोग बढेको छ ।
प्रतिक्रिया