अमेरिकी राष्ट्रपति बाइडेन युक्रेनको आकस्मिक भ्रमणमा

अमेरिकी राष्ट्रपति बाइडेन युक्रेनको आकस्मिक भ्रमणमा



काठमाडौं । अमेरिकाका राष्ट्रपति जो बाइडन युक्रेनको आकस्मिक भ्रमणमा युक्रेनको राजधानी किभ पुगेका छन् ।
रुस र युक्रेन युद्धको एकवर्ष पुगेको बेला कुनै सूचनाबिना अमेरिकी राष्ट्रपति युक्रेन पुगेका हुन् ।

अमेरिकी राष्ट्रपति बाइडेनले युक्रेनको भ्रमणले अमेरिकाले लोकतन्त्र, सम्प्रभुता तथा क्षेत्रीय अखण्डाताप्रतिको प्रतिवद्धतालाई पुनः पुष्टि गरेको बताएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले अमेरिकी राष्ट्रपति बाइडेनको स्वागत गरे । उनले अमेरिकी राष्ट्रपतिको भ्रमण युक्रेनी जनताको लागि सहयोग हुने बताए ।

रुस र युक्रेनको युद्धमा अमेरिकाले युक्रेनलाई साथ दिएको छ ।