माओवादी पदाधिकारी बैठकको निष्कर्श : राष्ट्रपतिको उम्मेदवार छान्ने जिम्मा प्रचण्डलाई

माओवादी पदाधिकारी बैठकको निष्कर्श : राष्ट्रपतिको उम्मेदवार छान्ने जिम्मा प्रचण्डलाई

पुस १० भन्दा अहिले परिस्थिति फेरियाे



काठमाडौं । नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठकले राष्ट्रपति निर्वाचनबारे पार्टीको निर्णय गर्ने अधिकार अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई दिएको छ ।

माओवादी उपाध्यक्ष कृष्णबहादुर महराकाअनुसार आज बसेको बैठकले राष्ट्रपति चुनावमा पार्टीले कुन उम्मेदवारलाई सहयोग गर्ने भन्ने निर्णय गर्ने अधिकार पार्टी अध्यक्षलाई दिएको हो । ‘पुस १० भन्दा अहिले परिस्थिति फेरिएको छ। गणतन्त्र, संविधानको रक्षा र शान्तिप्रक्रिया टुंगो लगाउने विषय हाम्रा स्वार्थ हुन् । यी स्वार्थ जोसँग मिल्छ त्यससँग सहकार्य हुन्छ’ महराले भने,’हामीले राष्ट्रिय सहमति भनेका छौं । त्यसका लागि उम्मेदवारी दिने बेलासम्म कोसिस हुन्छ ।’

आजको बैठकमा राष्ट्रपतिमा राष्ट्रिय सहमति हुनुपर्नेबारेमा छलफल भएको बताइएको छ ।