प्रचण्डलाई एमालेले उद्दार गरेको हो : भट्टराई

प्रचण्डलाई एमालेले उद्दार गरेको हो : भट्टराई

एमालेलाई राष्ट्रपतिमा सघाउने माओवादीकै प्रस्ताव



सुर्खेत । नेकपा एमालेका सचिव योगेश भट्टराईले माओवादी नेतृत्वको सरकार गठन गर्न पुष्पकमल दाहाल प्रचण्डलाई एमालले उद्दार गरेको बताएका छन् ।

एमालेले सुरू गरेको मिसन ग्रासरूट अभियान अन्तर्गत सुर्खेतमा आयोजित कार्यक्रममा सचिव भट्टराईले प्रतिपक्ष मानसिकताका साथ तयार भएर बसेको एमालेले सरकार गठन गर्न प्रचण्डलाई नत्थी लगाएर नतानेको जिकिर गरेका हुन् । उनले भने, ‘जनादेशअनुसार हामी प्रतिपक्षको मानसिकतामा थियौं, कांग्रेसले प्रधानमन्त्री नदिएपछि कमरेड प्रचण्ड हामीसँग आउनुभयो र हामीले प्रधानमन्त्री बनाएर उद्दार गरिदियौं ।’

एमालेलाई राष्ट्रपतिमा सघाउने माओवादीकै प्रस्ताव भएको चर्चा गर्दै सचिव भट्टराईले आफैंले गरेको प्रस्तावबाट प्रचण्ड पछि नहट्ने विश्वास व्यक्त गरे । उनले भने, ‘प्रचण्डसँग हामीले राष्ट्रपति मागेको होइन, उहाँ आफैंले एमालेलाई राष्ट्रपति दिने प्रस्ताव गर्नु भएको हो, अबपछि हट्न मिल्दैन ।