स्कटल्यान्डविरुद्ध रोहितको अर्धशतक

स्कटल्यान्डविरुद्ध रोहितको अर्धशतक



काठमाडौं । हार नजिक पुगेको नेपालका लागि कप्तान रोहित पौडेलले जारी आईसीसी पुरुष विश्वकप क्रिकेट लिग २ अन्तर्गत स्कटल्यान्डविरुद्ध अर्धशतक प्रहार गरेका छन् ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा स्कटल्यान्डले दिएको २१३ रनको लक्ष्य पछ्याउने क्रममा नेपालले ७ विकेट गुमाएको अवस्थामा रोहितले ५४ बलमा ४ चौका र २ छक्कासहित अर्धशतक प्रहार गरेका हुन् । यो रोहितको सातौं अर्धशतक हो । शनिबार नामिबियाविरुद्ध ज्ञानेन्द्र मल्लले आफ्नो सातौं अर्धशतक पूरा गरेका थिए ।

दबाबमा रहेको नेपाललाई खेल जित्न २०.२ ओभरमा ८५ रन लिन आवश्यक छ । क्रिजमा रोहित र सन्दीप लामिछाने छन् ।