राष्ट्रपति भएको केही घण्टामै युक्रेन युद्ध अन्त्य गर्न सक्छु : डोनाल्ड ट्रम्प

राष्ट्रपति भएको केही घण्टामै युक्रेन युद्ध अन्त्य गर्न सक्छु : डोनाल्ड ट्रम्प



काठमाडौं । पूर्व अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुस र युक्रेनी राष्ट्रपतिलाई सोझै अपील गर्दै सन् २०२४ मा हुने राष्ट्रपतीय निर्वाचनमा विजयी भए केही घण्टामै युक्रेन द्वन्द्व अन्त्य गर्ने दाबी गरेका छन् ।

सोमबार फ्लोरिडाको एक र्‍यालीमा बोल्दै ट्रम्पलाई शत्रुताको अन्त्य गर्न के गर्ने भनेर प्रश्न सोधिएको थियो । जवाफमा ट्रम्पले युद्ध अन्त्य गर्न कार्यलय सम्हाल्नु अघि नै काम थाल्ने बताएका हुन् ।

‘शाब्दिक रूपमै म फोन गर्न थाल्नेछु, मैले पदभार ग्रहण गरेको दिनबाट होइन कि जितेकै रातबाट म दुवै जनासँग कुरा गर्ने छु रूसी राष्ट्रपति भ्लादिमिरे पुटिन र युक्रेनी राष्ट्रपति भ्लादिमिरे जेलेन्स्की र म भन्नेछु कि हामी भेट्न जाँदैछौं । म ग्यारेन्टी दिन्छु कि म यो काम गर्न सक्छु।’

‘म एउटा र अर्कोलाई यो भन्नेछु कि… हामी २४ घण्टामा सम्झौता गर्नेछौं,’ ट्रम्पले भने।

ट्रम्पले युक्रेनमा पैसा खन्याइरहनुले शान्तिपूर्ण समाधानमा ढिलाइ गर्ने र धेरै मानिसको ज्यान लिने काम भएकाे बताएका छन् ।

हालैका महिनाहरूमा ट्रम्पले बारम्बार अमेरिकालाई युक्रेनमा शान्ति सम्झौताको वार्तामा नेतृत्व गर्न आह्वान गर्दै आएका छन् । अमेरिकी राष्ट्रपति जो बाइडेनले द्वन्द्वलाई नेतृत्व गरिरहेको अवस्थालाई लिएर उनी रुस्ट बनेका छन् ।

रुसले युक्रेनलाई हतियार आपूर्ति नगर्न पश्चिमलाई बारम्बार चेतावनी दिँदै यसले द्वन्द्वलाई लम्ब्याउने तर्क गर्दै आएको छ।