बहराइनका राजाबाट डा. सन्दुकलाई १४ करोड रुपैयाँ बराबरको ‘इशा अवार्ड’ प्रदान

बहराइनका राजाबाट डा. सन्दुकलाई १४ करोड रुपैयाँ बराबरको ‘इशा अवार्ड’ प्रदान



काठमाडौं । नेपालका वरिष्ठ नेत्र विशेषज्ञ डा. सन्दुक रुइतले बहराइनका तर्फबाट झन्डै १४ करोड रुपैयाँ बराबरको पुरस्कार पाएका छन् ।

मंगलबार बहराइनका राजाले राजधानी मनामास्थित इशा सांस्कृतिक केन्द्रमा एक समारोहकाबीच डा. रुइतलाई नेपाली रुपैयाँ १४ करोड बराबरको ‘इशा अवार्ड’ प्रदान गरिएको छ ।

उनले ३० वर्षभन्दा बढी समय ‘मानवताका लागि सेवा’ गरेका कारण बहराइनका राजा हमाद बिन इसा अल खालिफाले प्रतिष्ठित अवार्ड, रुकम र सम्मानपत्र सहित सम्मान दिएका हुन् ।

सन् २००९ मा आफ्ना पिता सेख इसा बिन सलमान अल खालिफाका नाममा स्थापना गरिएको यस्तो सम्मान प्रत्येक दुई वर्षको अन्तरालमा विश्वका जुनसुकै देशमा मानवतावादी सेवा गर्नेहरुलाई दिने गरिएको छ ।

डा. रुइतले नेपाल लगायत विश्वका धेरै देशमा गएर आँखा उपचारको सेवा प्रदान गर्दै आएका छन् ।