गण्डक नहरमा हराइरहेका ३ जनाको शव फेला

गण्डक नहरमा हराइरहेका ३ जनाको शव फेला



काठमाडौं । पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका–२ हरकपुरमा रहेको गण्डक नहरमा हराइरहेका तीन जनाको शव भेटिएको छ ।

दुई जना छोरासहित बेपत्ता महिलाको शव सलले एकै ठाँउमा बाँधेको अवस्थामा नहरमा भेटिएको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका प्रहरी नायब निरीक्षक विनोद सिलवालले जानकारी दिए । गण्डक नहरमा आज मङ्गलवार दिउँसो नौ वर्षीय छोरा क्रिस र सात वर्षीय छोरा सुमितसहित आमा २९ वर्षकी प्रतिमा थारुले हाम फालेका थिए ।

यस घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।