स्कटल्याण्डले उचाल्यो आईसीसी क्रिकेट विश्वकप लिग-२ को उपाधि

स्कटल्याण्डले उचाल्यो आईसीसी क्रिकेट विश्वकप लिग-२ को उपाधि



काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग-२ को च्याम्पियन बनेको स्कटल्याण्डले नेपालमा आएर उपाधि प्राप्त गरेको छ ।

नेपालमा सम्पन्न सिरिजको पहिलो खेलमा नामिबियालाई हराएपछि नै स्कटल्याण्ड लिग-२ को च्याम्पियन बनेको थियो ।
मंगलबार सिरिजका सबै खेल सकिएपछि स्कटल्याण्डलाई च्याम्पियन ट्रफी प्रदान गरियो । आईसीसीका ग्लोबल डेभलपमेन्ट प्रमुखले कीर्तिपुर मैदानमा स्कटल्याण्डलाई ट्रफी हस्तान्तरण गरेका हुन् ।

स्कटल्यान्डले लिग-२ को सबै ३६ खेल खेली सकेर कुल ५० अंकका उपाधि जितेको हो । त्यसैगरी ३६ खेलबाट ४४ अंक रहेको ओमान दोस्रो स्थानमा छ । यी दुवै सोझै एकदिवसीय विश्वकप छनोटमा पुगेका छन् ।

लगातार चौथो जितपछि नेपाल २८ खेलमा २६ अंकका साथ लिग-२ को छैटौं स्थानमा कायमै छ ।

लिगको शीर्ष ३ टोलीले सोझै विश्वकप छनोट खेल्न पाउने नियम छ । नेपालले पनि अब बाँकी सबै ८ खेल जितेमा तेस्रो हुँदै सोझै विश्वकप छनोट खेल्न पाउनेछ ।