लन्डन । स्पेनिस क्लब रियल म्याड्रिडले युइएफए च्याम्पियन्स लिगको प्रि–क्वाटरफाइनलमा लिभरपुलमाथि सानदार ५–२ को जित दर्ता गरेको छ । रियलले घरेलु टोली इंग्लिस क्लब लिभरपुल माथि ५–२ को सानदार जित दर्ता गरेको हो ।
एनफिल्डमा मंगलबार राति साविकको विजेता रियल र उपविजेता लिभरपुलबीचको खेलमा लिभरपुलले १४ मिनेटभित्रै २–० को अग्रता बनाएको थियो । तर, त्यो अग्रतालाई लिभरपुलले जोगाउन सकेन ।
खेलको चौथो मिनेटमा नै मोहम्मद सलाहको पासमा डार्विन नुनेजको गोलबाट लिभरपुलले घरेलु मैदानमा १–० को अग्रता लिन सफल भएको थियो । १४औं मिनेटमा फेरी मोहम्मद सलाहले लिभरपुलको अग्रता दोब्बर पारे ।
तर, कप्तान करिम बेन्जेमाको पासमा गोल २१औं मिनेटमा भिनिसियसले गोल गरे भने पहिलो हाफको ३६औं मिनेटमा रियलका भिनिसियसले २–२ गोलको बराबरीमा ल्याए । ४७औं मिनेटमा मिडफिल्डर लुका मोड्रिचको फ्रिकिकलाई एडर मिलिसाओले गोल गर्दै रियललाई खेलमा ३–२ ले अघि बढाए । ५५औं मिनेटमा कप्तान बेन्जेमाले रोड्रिगोको पासमा गोल गर्दै रियललाई ४–२ ले अघि बढाए । ६७औं मिनेटमा कप्तान बेन्जेमाले पाँचौं गोल गर्दै रियललाई सानदार पूनरागमन जित दिलाए ।
यस जितसँगै रियलले लिभरपुलसँगको अपराजित यात्रा ६ खेलसम्म लम्ब्याएको छ । रियलले ५ जित र एक बराबरीको नतिजा निकालेको छ ।
प्रतिक्रिया