सन्दीप लामिछानेको रिट न्यायाधीश खतिवडाको इजलासमा

सन्दीप लामिछानेको रिट न्यायाधीश खतिवडाको इजलासमा


ग्लोब नेपाल
135
Shares

काठमाडौं । चर्चित क्रिकेटर सन्दीप लामिछानेको तर्फबाट सर्वोच्च अदालतमा दायर भएकाे निवेदनको आज प्रारम्भिक सुनुवाइ हुँदैछ । लामिछानेको रिट न्यायाधीश ईश्वर खतिवडाको एकल इजलासमा तोकिएको छ । आईसीसी क्रिकेट विश्वकप लिग–२ खेल्न दुबई जान पाउनुपर्ने माग गर्दै सन्दीपको तर्फबाट बिहीबार सर्वोच्चमा निवेदन दायर भएकाे थियो ।

आइसिसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत युएई र पिएनजीविरूद्धको एकदिवसीय सिरिजका नेपाली टिम भोलि (शनिबार) युएई जाँदैछ । उक्त सिरिजका लागि आफू पनि युएई जान पाउनु पर्ने भन्दै सन्दीपले सर्वोच्चमा रिट दिएका हुन् ।

लामिछानेमाथि नाबालिग बालिकालाई बलात्कार गरेको अभियोग छ । सो मुद्दा जिल्ला अदालत काठमाडौं विचाराधीन छ ।