यमगज हात्तीको आतंक नियन्त्रण गर्न संसद माग

यमगज हात्तीको आतंक नियन्त्रण गर्न संसद माग



काठमाडौं । प्रतिनिधिसभा सदस्यहरुले समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराइरहेका छन् । नयाँबानेश्वरस्थित संघीय संसद भवनमा जारी प्रतिनिधिसभा बैठकमा सांसदहरुले विभिन्न विषयमा सरकारको ध्यानाकर्षण गराइरहेका हुन् । 

बैठककै सुरुवातमै सांसद महेशकुमार बर्तौलाले मकवानपुरको मनहरीमा भएको यमगज हात्तीको आतंक नियन्त्रण गर्न माग गरे ।

तीन दिनअघि मनहरी–४ मा हात्तीको आक्रमणबाट ६४ वर्षीया राधा अधिकारीको मृत्यु भएको भन्दै उनले तत्काल यमगज नामक हात्तीको आतंक नियन्त्रण र मृतकको परिवारलाई राहतको व्यवस्था गर्न माग गरेका हुन् ।