राष्ट्रपतिमा कांग्रेसलाई सघाउन प्रधानमन्त्री सकारात्मक : डा. महत

राष्ट्रपतिमा कांग्रेसलाई सघाउन प्रधानमन्त्री सकारात्मक : डा. महत



काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले नेपाली कांग्रेससहित बसेको चार दलीय बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल राष्ट्रपतिका लागि नेपाली कांग्रेसको उम्मेदवारलाई सघाउन सकारात्मक देखिएको बताएका छन् ।

शुक्रबार संसद्‍ परिसरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले प्रधानमन्त्री दाहाल कांग्रेसका उम्मेदवारलाई राष्ट्रपतिमा समर्थन गर्न सकारात्मक रहेको बताए । सांसद महतले राष्ट्रपतिको निर्वाचनमा कांग्रेसको उम्मेदवारलाई अन्य दलहरुले सहयोग गरुन् भन्ने अपेक्षा राखेको र त्यसमा अन्य दलहरु पनि सकारात्मक रहेको बताए । शुक्रबार साँझ बस्ने चार दलीय बैठकले सो निर्णय गर्ने पनि उनको दाबी छ ।

संविधानको रक्षाका लागि पनि नेपाली कांग्रेसकै राष्ट्रपति हुनु आवश्यक रहेको उनको भनाइ छ ।