गोविन्देको आक्रमणबाट इजरायली नागरिकको मृत्यु

गोविन्देको आक्रमणबाट इजरायली नागरिकको मृत्यु


ग्लोब नेपाल
135
Shares

चितवन । रत्ननगर नगरपालिका–६ हात्तीसार नजिक जङ्गली हात्ती गोविन्देको आक्रणबाट इजरायली नागरिकको मृत्यु भएको छ । मृत्यु हुनेमा ३० वर्षीय स्यामुएल बोइकानार रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

ढुङ्ग्रे खोला छेउमा शुक्रबार दिउँसो हात्तीले आक्रमण गरेको हो । योसँगै चालु आर्थिक वर्षमा जङ्गली जनावरको आक्रमणबाट छ जनाको मृत्यु भएको छ । बाघको आक्रमणबाट एक, हात्तीको आक्रमणबाट दुई र गैँडाको आक्रमणबाट तीनको मृत्यु भएको निकुञ्जले जनाएको छ ।