कुवेतमाथि नेपालको २४३ रनको सानदार जित

कुवेतमाथि नेपालको २४३ रनको सानदार जित


ग्लोब नेपाल
216
Shares

काठमाडौं । आईसीसी यू-१९ पुरुष विश्वकपको एसिया छनोट प्रतियोगितामा नेपालले लगातार दोस्रो जित हात पारेको छ । शनिबार भएको दोस्रो खेलमा नेपालले कुवेतलाई २ सय ४३ रनको फराकिलो अन्तरले पराजित गरेको हो ।

जितको लागि ३ सय ४४ रनको विशाल विजयी लक्ष्य पछ्याएको कुवेत ३०.५ ओभरमा १ सय रनमा अल आउट भयो ।

ओपनर अर्जुन कुमाल र देव खनालको शतक तथा आकाश चन्दको ६ विकेटको सहयोगमा नेपालले कुवेतमाथि विशाल जित निकालेकाे हाे । लगातार दोस्रो जितसँगै नेपालले २०२४ मा श्रीलंकामा हुने यू-१९ विश्वकप खेल्ने सम्भावना बलियो बनाएको छ ।

प्रतियोगितामा नेपाल, हङकङ, मलेसिया, सिंगापुर, युएई र कुवेत छन् । सिंगल राउन्ड रोविनको आधारमा हुने प्रतियोगिता विजेताले २०२४ मा श्रीलंकामा हुने यू-१९ विश्वकप खेल्न पाउनेछ । नेपालले फागुन १५ (फेब्रुअरी २७) मा हङकङसँग खेल्नेछ ।

नेपालले फागुन १६ (फेब्रुअरी २८) मा मलेसियासँग खेल्नेछ । नेपालले अन्तिम खेल यूएईसँग फागुन १८ (मार्च २) मा खेल्नेछ । यू-१९ को खेलहरु इर्डेन गार्डेन र मलेक क्रिकेट स्टेडियम आजमानमा हुनेछन् ।